चटके बादल उर्फ रामबहादुर ,
पुष २१ ,काठमान्डौ – देशमा राजनीतिक स्थिरता छैन कि भन्ने आभास भैराखेको छ।धेरै ठुलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि सस्थागत गर्ने प्रक्रियामा अहिले तुसारापात हुन खोज्दैछ।
७० वर्ष लामो संघर्षपछि प्राप्त गणतन्त्र कसैले हल्लाएर नहल्लिने भएपनी केही ब्यक्तिका कारणबाट परिवर्तन र समाजवाद निर्माणको अभियान विरुद्ध खतरा उत्पन्न हुदैछ।
नेतृत्वपंक्ति मा व्यक्तिवाद हावी र कम्युनिष्ट आदर्श स्खलित हुदैछ ।सत्तामा नपुग्दा सम्म जस्तोसुकै त्याग ,तपस्या ,बलिदान ,निष्ठा र इमानदारी प्रदर्सन गर्न तयार हुने तर सत्तामा पुगेपछि पार्टी पंक्तिमा अराजकता र व्यक्तिवाद हावी हुने आस्था र बिचार बिर्सिने ,जनताबाट टाढिदै जाने,उद्देश्यबाट विचलित हुने रोग हरेक पार्टी र नेतृत्वमा लाग्दैछ।
यस्तो अवस्था मा जनताबाट अलग्गिने ,प्रतिक्रान्ती हुने र रुसि कम्युनिष्ट पार्टी जस्तो बन्ने खतरा रहन्छ । कम्युनिष्ट पार्टीभित्र विकसित अराजकता ,स्वार्थ ,गुटबन्दी ,स्वचिन्तन ,व्यक्तिवाद ले अन्त्यमा पार्टी नै विघटन भएका उदाहरण विश्वमा थुप्रै छन।
कम्युनिष्ट पार्टी सर्वहारा को निम्ति जीवन बन्नुपर्ने हो तर यहाँ शान्ती सुरक्षा को प्रत्याभूति गराउन पनि असक्षम देखिन्छ सरकारी नेकपा र गृहमन्त्रालय ।जसको झल्को केही हप्ता अगाडि भएको सर्लाही घटना र आज भएको भोजपुर काण्ड ले प्रस्टाएको छ।
दिनदहाडै भैराखेका हत्या प्रकृतिका घटनाले हिजो दस वर्ष सम्म चलेको माओवादी जनयुद्धको झल्को दिइराखेको छ।अब कतै फेरि देश दोर्सो जनयुद्धमा धकेलिदै त छैन भन्ने अनेक प्रश्नहरु आम नेपालीहरुको मनमा उब्जिएका छन् ।
आज देश जुन गतिमा विकास हुनुपर्थ्यो त्यो गतिबाट भैराखेको छैन ।जुन आसा र विश्वासका साथ आम नेपाली जनताले २०७४ मंसिर २१ गते मतदान गरेका थिए , त्यो आस र विश्वासमा तुसारापातका फोकाहरू देखापरिराखेका छन।
यदि विगत जस्तै जनताको मतलाई कदर गरिएन भने निश्चित पनि देश अर्को युद्धमा धकेलिने खतरा बढेर गएको छ ।जनताको आसाको किरण क्षितिज माथिको घाम जस्तै भैराखेको छ।
यति ठुलो कम्युनिष्ट पार्टी सरकारमा हुँदा पनि जनताको पक्षमा काम नहुनू दुर्भाग्यपूर्ण कुरा हो।यो महाअवसर लाई सत्ताधारी नेकपा ले समयमै चिन्न सकेन भने उठ्नै नसक्ने गरि हारको भारी बोक्नु बाहेक अर्को विकल्प हुने छैन ।
आज देशमा मान्छे अनाहकमा अपहरण गर्ने बन्दी बनाउने र मार्ने खेल अराजनैतिक शैलीमा सुरु भैराखेको छ।देशमा हिजो दस वर्ष सम्म चलेको एतिहासिक जनयुद्धको नेतृत्व गरेको दलका उच्च नेता कमरेड बादल सुरक्षा सयन्त्र समाल्ने गृह मन्त्रालयको नेतृत्वमा छन ।
यदि कमरेड बादलले हिजो संगै सहयात्रा गरेका सहयात्री कमरेड विप्लव ले सडकधारी नेकपा को नेतृत्व गरेको बेला सिद्धाउने हेतुले लागेका छन र मनमा बन्दुक बाट नै ठिक गर्छु भन्ने दम्भ पालेका छन भने त्यो दम्भ नपालेकै कमरेड बादलको लागि हितकर होला।
कमरेड बादल युद्ध भन्ने कुरा भावना वा आवेश मा आएर त्यसै गरिदैन भन्ने कुरा तपाईलाई भनिराख्नु नपर्ला किनभने हिजो तपाई ले त्यो इतिहासलाई भोगेर आइसकेको एक भुक्तभोगी कमान्डर हो।
यदि तत्कालीन अवस्थामा तपाईंहरु व्यक्तिगत स्वार्थ पुर्तिका लागि निमुखा जनताहरुलाइ आस देखाउदै आफू सत्तामा पुग्ने भर्र्याङ् बनाउनु भएको हो भने त मेरो भन्नू केही छैन यसको जवाफ समयले तपाईलाई एकदिन अवश्य दिनेछ।तर हिजो तपाईहरुको टिम ले २०५२ साल माघ २१ गते तत्कालीन सरकार प्रमुख तथा वर्तमान नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवा लाई बुझाएका ४० बुदे एजेन्डा कतिवटा कार्यन्वयन भए कमरेड बादल तपाईलाई याद छ?
होइन भने हिजो संगै सहयात्रा गरेका सहयात्रीले तिनै ४० बुदे एजेन्डा लाई पूरा गर्दै सर्वहाराको राज्यसत्ता स्थापना गर्छु भन्दा के को टाउको दुखाइ ?यदि तपाईं विगतको क्रान्तिकारी तत्कालीन शाही सरकारले भन्ने गरेको आतंककारी बाट पुरै स्खलित र विचलित भएर पुरै लालगद्दार भैसक्नुभएको होर?
हुन त तपाई का अनैतिक कर्तुतहरु हिजो युद्धकालिन परिवेश मा पनि बाहिर नआएका होइनन ।तिनै अनैतिक कर्तुतहरुले कमरेड बादल तपाईलाई हाइप्रोफाइल बाट ओझेलमा नपारेको पनि होइन ।२०६९ मा तत्कालीन नेकपा माओवादी केन्द्र पार्टी फुटाउनेमा तपाई पनि एक नम्बर होइन र? २०७० सालको चुनाव लाई कथित चुनाव भनेर मतपेटीकामा घन बजार्ने तपाईं होइन र?
अनि विप्लव को जत्ती पनि हुति नभएपछी त्यही गद्दार भनिएको पार्टीमा लुसुक्क आएको कमरेड तपाई होइन र? अनि आज सत्तामा भए भन्दैमा विप्लव प्रती किन गिद्दे दृस्ठिकोण ?
एकचोटि ठन्डा दिमाग ले सम्झनुहोस त कमरेड हिजो खाली खुट्टा ,भोगभोकै ,दिनरात नभनी ,घामपानी नभनी तन मनका साथ आम जनतालाई उद्देलित पार्दै ती सिस्ने ,जलजला ,बेथान,होलेरी जङ्गलको कालकोठरिमा गरेको मुक्ती कि मृत्यु भनेर कसम खाएर गरिएको यात्रालाई सम्झनुहोस ।
हिजो को सरकारको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र क्रूर गृहमन्त्री खुमबहादुर खडका जसले क्रान्तिकारी पत्रकार तथा चर्चित साहित्यकार कृष्ण सेन “इच्छुक “को २०५८ सालमा जेलभित्रै चरम यातनाका साथ हत्या गर्यो हो उनिहरुलाइ सम्झनुहोस।
र अहिले को दुईतिहाईको कम्युनिष्ट सरकारका प्रधानमन्त्री खडकप्रसाद ओलि र तपाई स्वयम् सर्वहाराको नेता भनी टाेपलिएको आफुलाइ हेर्नुहोस र एकपटक गम्भीरतापूर्वक आत्मसमिक्षा गर्नुहोस् अनि तपाईले पाउनुहुनेछ हिजो चाहेको बेला पानी पार्न सक्ने बादल र आज आकाशमा देखिने मात्रै चटके बादल विचमा भएको भयंकर फरकपन।(यो लेख सन 2019 July 10 मा भोजपुरमा भएको हत्याकाण्डमा केन्द्रित भएर लेखिएको हो र अहिले समय सन्दर्भ मिलेकोले पाठक वर्गमा प्रस्तुत गरिएको छ ।
कर्णाली प्रदेश प्रेस संगठन सदस्य किशोर सुवेदी ,