Gold
Bangad salyan

रुकुम पश्चिममा केपी ओली विरुद्द विशाल र्यालीसंगै प्रदर्शन र नाराबाजी ,

पुष २१ ,रुकुम पश्चिम – कर्णाली प्रदेश पश्चिम रुकुमको चौरजाहारी नगरपालिकामा प्रचण्ड नेपाल समूहले सरकारविरुद्द प्रद्रश्ना गरेको छ। वडान ३ को स्यालखोला देखि चौरजाहारीका सम्पूर्ण वडाहरुबाट केपी शर्मा ओलीको कु संसद विघटन विरुद्द र्याली निकालीएको थियो।

उनीहरुले केपी ओली विरुद चर्को नाराबाजी गरेका थिए ,केपी तेरो पाराले दुख पाए साराले ,सम्पूर्ण गणतन्त्रवादी एक हौ ,संसद विघटन फिर्ता गर लगायतका नाराबाजी लगाएर प्रदर्शन गरेका हुन्।

जिल्लाका ईन्चार्ज गोपाल शर्मा चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा ,केन्द्रिय सदस्य शेर बहादुर केसी ,लगायतका नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो ,सभामा उपस्तिथी नेताले आ -आफ्नो भनाईहरु राखेका छन्।

एस के सर्जन ,
रुकुम पश्चिम ,