Gold
Bangad salyan

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम अनुसार पढाइ गर्न सर्वोच्चको आदेश ,

पुष २८ ,काठमान्डौ – कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम अनुसार पढाइ हुने भएको छ। न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायत सातजनाले पाठ्यक्रम विकास केन्द्र भक्तपुरलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अब कक्षा ११ र १२ मा ६ विषय पढाइ हुने भएका छन्, हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएको थियो।