Gold
Bangad salyan

जेलमा रहेका विप्लव नेतालाई भेट्नपुगे श्री ५ सरकारका खानेपानि मन्त्रि मणि थापा,

माघ २० ,काठमान्डौ – काम चलाउ खानेपानि मन्त्रि मणि थापाले नख्खु जेलमा पुगेर विप्लव समूहक नेतालाई भेटेका छन्। थापाले ललितपुरको नख्खु जेलमा रहेका विप्लव नेता हेमन्तप्रकाश ओलीलाई भेटेका हुन्।

विप्लव नेता ओली दुई वर्षदेखि नख्खु जेलमा छन्।’कारागारमा भएका खानेपानी, सरसफाइ तथा ढल निकासका समस्याहरूलाई बुझ्न पुगेको समयमा खानेपनि मन्त्रि थापाले ओलीलाई भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए।

खानेपनि मन्त्रि मणि थापाले केहि दिन अगाडी एक कार्यक्रममा सम्बोधन गर्दा श्री ५ को सरकार भनेर बोलेपछि विवादमा तानीएका थिए। उनले तत्कालै आफुले बोलेको श्री ५ को सरकारलाई फिर्ता लाग्दै माफी मागेका थिए।

थापाले जेलभित्र रहेको खानेपानीको समस्यापनि समाधान गर्ने बताएका छन् ,डिप बोरिङ रिजर्भ ट्याङ्क राख्नका लागि निरीक्षण गरेको जेलर अधिकारीले बताए । तेस्तै मणि थापाले जेल भित्र रहेका कैदीहरुको पनि अवस्था बुझेका थिए।