Gold
Bangad salyan

सरकारको गल्ति प्राथमिकतालाई मिचेर जेष्ठ नागरिकभन्दा पहिला पत्रकारलाई खोप ,

माघ २५ ,काठमान्डौ – सरकारले जेष्ठ नागरिकभन्दा पहिले पत्रकारहरुलाई कोरोनाविरुद्दको खोप उपलब्ध गराउने भएको छ। संग संगै सरकारले कूटनीतिक नियोगका कर्मचारीलाई पनि कोरोना भाइरसविरूद्धको खोप दिने भएको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सोमबारबाट पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने जानकारी दिएका हुन् ।

सरकारले यो भन्दापहिल्व स्वास्थ्यकर्मी र जेस्ठनागरिकलाई कोरोन को खोप उपलब्ध गराउने जानकारी गरेको थियो ,स्वास्थ्यकर्मीलाई भने सरकारले कोरोनाको खोप लगाईरहेको छ ,तेस्तै नेपालको सन्दर्भमा हेर्ने हो भने कोरोनाको खोप पाउने प्राथमिकतामा जेस्ठ नागरिक छन्।

स्वास्थ्य मन्त्रालयले अहिले उक्त प्राथमिकतालाई मिचेर पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो। मन्त्रालयका अनुसार झन्डै १९ हजार तेस्त ब्याक्तिलाई खोप दिईने छ , त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको छ।

डा. गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीले टिचिङ र गंगालाल हृदयरोग अस्पताल र सयुक्त राष्ट्र संघका कर्मचारीले पाटन अस्पतालमा खोप लगाउन सक्नेछन ।

यसको सामाजिक संजालमा भने चर्को विरोध भईरहेको छ ,सरकारले चालेको प्राथमिकता भन्दा जेस्ठ नागरिकलाई कोरोनाको खोप दिनुपर्ने उनीहरुको माग छ। सकारले पहिलो चरणमा एक लाख ८४ हाजर ८५७ जनालाई खोप लगाएको छ।