शिक्षक श्रेष्ठ हत्या प्रकरण विप्लव समूहका ४२ जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता,
फागुन ४ ,मोरङ्ग – मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित ४२ जनाविरुद्ध जिल्ला अदादलत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
नेकपा महासचिव नेत्रविक्रम चन्द निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको अभियोग पत्रमा उल्लेख छ । उक्त मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताएका हुन् ।
गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या भएको थियो ,आफन्तले खोजतलास गर्दै जाँदा उनको शव केहि पर जंगलमा फेला परेको थियो। हत्याको जिम्मा चन्द नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेर लगेको थियो।
शिक्षक श्रेष्ठले आफ्ना कार्यकर्तालाई पटक पटक प्रहरी प्रशाशन लगाउने र पक्राउ गर्न लागाउने गरेको विप्लवले बताएको थियो। विप्लव समूहले शिक्षक श्रेष्ठलाई यस्तो नगर्न बारम बार आग्रह गरेपनि उनले नमानेपछि उनको हत्या गरिएको थियो।
श्रेष्ठले गाँउक घर घरमा पुगेर विप्लवका कार्यकर्तालाई बस्न खान दिए आफुले ज्यान मार्ने र प्रशःसन लगाउने समेत धम्कि दिदै आएका थिए।
अभियोगपत्रमा कपिलवस्तु शिवराज नगरपालिका- ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका- ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका- १ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, संखुवासभाका मादी नगरपालिका- ४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै मोरङ केराबारी गाउँपालिका- ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज- १ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका- २ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमी गाउँपालिका- १ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, धनकुटा पाख्रिबास नगरपालिका- २ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका- ५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, संखुवासभा चैनपुर- ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम- ७ का ४१ वर्षीय भीम भन्ने कुमार राईलाई पनि प्रतिवादी बनाइएको छ ।
खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका- ७ का ४३ वर्षीय संजिव मगर, सोलुखुम्बु महाकुलुङ- १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा लिखु – ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका ३ का ४१ वर्षीया शिलु भन्ने उमा भुजेल, झापा दमक-२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ- १ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसादराई गाउँपालिका- ४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, संखुवासभा चैनपुर – ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला- १ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बु) विरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिका- ३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला- ५ का २९ वर्षीय संग्राम भन्ने पुर्णबहादुर लिम्बू , धनकुटाका २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ- १ का २२ वषर्ीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला- १ का २५ वर्षीय विशाल लिम्वु, ताप्लेजुङ फाक्तालुङ गाउँपालिका- २ का २५ वर्षीय संगम आङदाम्बे, भोजपुर पौवादुङमा- ४ का २४ वर्षीयअनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, ईलाम देउमाई नगरपालिका- ७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई पनि प्रतिवादी बनाइएको छ ।

