Gold
Bangad salyan

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक विद्यार्थी पक्राउ आज सार्वजनिक गरिदै ,

फागुन ५ ,काठमान्डौ – बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा कक्षा ११ मा पढ्ने एक विद्यार्थी पक्राउ परेका छन् ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी भट्टपनि सोहि विद्यालयमा कक्षा १२ मा पढ्थिन। पक्राउ परेका दिनेश भट्टराईले भत्ताको बलात्कार पछि हत्यामा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन्।

उनलाई प्रहारले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गर्ने बताएको छ। भट्टसंग बदला लिन आफुले यस्तो गरेको दिनेशले प्रहरीसामु बताएको प्रहरी श्रोतले जनाएको छ।

भागरथीको हत्यामा संलग्न भएको हुनसक्ने र शंकालु चिन्ह देखिएपछि हिजोमात्र बैतडी प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो।

उनले आफ्नो कुनै संलग्नता नभएको र आफ्नो डिएन छेक गर्न चुनौती दिएका थिए।भागरथी भट्टको हत्यारा पत्ता लगाउन प्रहरीले थप प्रमाण जुटाउने क्रममा भोलिपल्टनै दिनेशलाई पक्राउ गरेको हो।

गत माघ १ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा शव लवलेक सामुदायिक वनको सडकबाट ५० मिटर तल भेटिएको थियो ।