प्रधानमन्त्रीको व्याक्तिवादी चरित्रलाई कारबाही गरेर छोड्छौ,रामकुमारी झाँक्री ,
फागुन ५ ,काठमान्डौ – नेकपा प्रचण्ड – नेपाल समूहकि नेता केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले संविधान र कानुनि राज्यमा बोल्न अधिकारि कसैले खोस्न नसक्ने बताएकि छिन।
यो हामीले ल्याएको वेवास्था हो ,नागरिकको मुखमा टेप टाँसीएको छैन ,बोल्नपाउने नागरिकको स्वतन्त्रता हो यसलाई कसैले रोक्न सक्दैन।
तेस्तै प्रधानमत्रीको व्याक्तिवादी चरित्रलाई जनताले कारबाही गरेर छोड्ने उनले बताएकि छिन। प्रचण्ड – नेपाल समूहले राजधानीमा गरेको विशाल जन प्रदर्शनमा बोल्दै झाँक्रीले भनिन यो हाम्रो लडाई खड्क प्रसादविरुद्द हो ,हामीले जितिसकेका छौ।
तेस्तै रास्ट्रपति व्यवस्था रहेको र संस्था नभएको उनले बताईन। केपी ओलीले गत पुष ५ गते संसद विघटन गर्न गरेको सिफारिसलाई रास्ट्रपति विद्यादेवी भण्डारीले सदरगरेपछि अहिले नेकपा दुई समूहमा विभाजित भईसकेको छ।
गोरखाको एक कार्यक्रममा रास्ट्रपतिविरुद्द दिएको अभिव्यक्तिलाई लिएर माघ २९ गते झाँक्रीलाई प्रहरीले पक्राउ समेत गरेको थियो ,चौतर्फी विरोधपछि झाँक्री सोहि दिन रिहा भएकि थिइन्।

