सर्वदलिय बैठकमा प्रधानमन्त्रीले भने फेरी संसद विघटन हुनसक्छ ,
चैत ३ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेरी प्रतिनिधिसभा विघटन हुनसक्ने बताएका छन्।
मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनुको अर्थ के हो सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो फेरी पनि हुन् सक्छ ओलीले भने ।
मैले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना भईसक्यो तर संसद चलेको छैन फेरीपनि विघटन हुन्सक्छ यसमा आश्चर्य मान्नुपर्ने कुरा केहि पनि छैन। तेस्तै प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको समेत सर्वदलिय बैठकमा बताएका हुन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो । दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको नेमकिपा सांसद् प्रेम सुवालले बताए ।
भण्डारीले उल्टै मैले त संरक्षण गरेको हो ,यसलाई उल्टो अर्थले बुज्नु पर्ने जरुरि छैन भन्दै बोलेको सुवालले बताए।बैठकमा प्रधानमन्त्री केपी शर्माओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए । बैठकमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल भने उपस्तिथित भएनन् ।

