Gold
Bangad salyan

फागुन यता लगातार तिन पटक ईन्धनको मूल्य बढायो,

चैत ३ काठमान्डौ – नेपाल आयल निगमले लगातार तेस्रो पटक इन्धनको मूल्य बढाएको छ । फागुन महिनामा दुईपटक मूल्यवृद्धि गरे लगतै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले विज्ञप्ति जारि गर्दै बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

तेस्तै अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।

निगमले कायम गरेको पेट्रोलको मूल्य साढे दुई वर्षयताकै सबैभन्दा उच्च हो तर पनि निगम अझै करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।