Gold
Bangad salyan

नेपाल खनालले रास्ट्रिय भेला गर्दै छ म झनै संकटमा परे रोक्नुहोस ओली ,

चैत ४ ,काठमान्डौ – एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गतेको भेलामा जाने नेतालाई कारबाही गरिने जनाएको छ।

महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताउदै कुनै भेलाको आयोजना नागरिएको उल्लेख गरेका छन् ।

नले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

तर माधव नेपाल समूहको आजबाट रास्ट्रिय भेला सुरु हुँदै छ ,भने सो समूहले उक्त भेला नरोक्ने जानकारी गरिसकेको छ।

एमालेको नेपाल खनाल पक्षले एमाले पूर्ववत् अवस्थामा फर्किएको सर्वोच्चको फैसलापछि एकलौटी ढंगले विधान संशोधन तथा पार्टी विधानविपरीत पार्टी विभाजन गर्ने मनसायले नेताहरुको जिम्मेवारी खोस्दै अन्यलाई जिम्मेवारी दिएको विरोधमा भोलिबाट २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।ओली समूहले भने उक्त भेलाको विरोध गर्दै आईरहेको छ।