राजधानीमा भीषण हावा हुरि क्षति विवरण आउन बाँकी ,
बैशाख ३ , काठमान्डौमा राती नौ बजेदेखि अत्यधिक हावाहुरि चलेको छ । राजधानीका विभिन्न शहरमा मेघ गर्जनसहित हावाहुरि चलेको हो ।
हावाहुरिले गरेको क्षति विवरण भने आउन बाकी छ । हावा हुरिले राजधानीको अधिकास स्थानमा बिजुलि गएको समाचार प्राप्त भएको हो ,।तेस्तै हावा हुरुले साना तिना घर टहरा भत्काएको पनि जानकारी आएको छ ।
हिजोको हावाहुरिले धनकुटामा असिनापानी संगै अन्नबालीमा ठूलो क्षति गरेको छ भने पोखरामा पनि ठुलो क्षति विवरण गरेको जान्कारी प्राप्त भएको छ ।
देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

