Gold
Bangad salyan

धेरैपछि प्रधानमन्त्री ओलीले मलाई आज फोन गर्नु भयो प्रचण्ड ,

बैशाख ३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई आज धेरै समयपछि फोन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

प्रचण्डले शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्।

म बस्दै गर्दा प्रधानमन्त्री ओलीको फोन आयो ,अब गाँउपालिका जाने बाटो बनाईदिन आग्रह गर्छु भन्दै गर्दा उपस्तिथितले तालि बजाएका थिए।

तेस्तै ओलीले यो भन्दा पहिले पनि प्रचण्डलाई तपाईसंग केहि कुरा गर्नु छ भन्दै फोन गरेका थिए तर प्रचण्डले भेट्न अस्विकार गरेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि अहिले दुवै नेताको लामो समयसम्म भेट भएको छैन।

गत वर्षको पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए ,सर्वोच्च अद्लातले संसद पुनर्स्थापना गरेको छ तर नेकपा एमाले पनि तिन कित्तामा हिडेको छ।