Gold
Bangad salyan

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन,

बैशाख ३ ,सुर्खेत – कर्णाली प्रदेशमा नेपाली काँग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा आफूहरुले मत दिने बताए।

हामीले महेन्द्र बहादुर शाहीलाई मत दिएपनि विश्वासको मत पुग्दैन तेसैले जानेर पनि हामीले शाहीलाई समर्थन गर्ने निर्णय गरेका हौ उनले भने।पदको लोभमा जाने भए हामि बहुमतलाई समर्थन गर्थ्यौ तर कांग्रेसले तल परेकालाई सधै हेर्छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जनाले मत दिए मुख्यमन्त्रीको पक्षमा १८ पुग्छ । राप्रपाका एक जना सांसद छन् उनले तठस्थ बस्ने बताईसकेका छन्। ३९ सदस्यीय प्रदेशसभाको बहुमतका लागि शाहीलाई २० मत आवस्यक छ ।