Gold
Bangad salyan

१५ बर्ष अघि दुर्घटना भएको हेलिकोप्टर दुई वटा शव सहित धौलागिरि हिमालमा फेला ,

काठमान्डौ – १५ बर्ष अघि दुर्घटना भएको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। नेपाली सेनाको टोलीले हेलिकोप्टरको साथमा दुईवटा शव पनि फेला पारेको हो।

हिमा सफाई अभियानमा सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो। शवको पहिचान भने हुन सकेको छैन जसको अनुसन्धान भईरहेको सेनाले बताएको छ।

हेलिकोप्टर भने २००६ मा एयर डायनेष्टी हेलिकप्टर दुर्घटना भएको खुल्न आएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। सेनाले सगरमाथा सहित ६ वटा हिमालको सरसफाई अभियान सुरु गरेको छ।