Gold
Bangad salyan

नेपाल भारतबीचका २२ नाका बन्द गर्ने तयारि ,

काठमान्डौ – कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले नेपाल भारतबीचका २२ नाका बन्द गर्ने तयारि गरेको छ। तर देशभर कोरोना फैलिसकेका पछि सरकारले यो निर्णय गरेको हो।

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्दगर्ने निर्णय गरेको हो। जस मध्ये १३ वटा नाकबाट आवतजावत गर्न पाईने गरि बैठकमा निर्णय गरेको पनि जनाईएको हो।

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । बैठकले खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइने र निषेधाज्ञालाई कडाइका साथ लागू गर्नपनि संबन्धित निकायलाई जानकारी गरेको छ।

तेस्तै जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ भने निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सचालनका लागि तयारी थाल्ने निर्णय गरेको हो ।