गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त ,
बैशाख २० ,काठमान्डौ – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको गरिएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति गर्दै केहि छिनमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने पनि वालुवाटार श्रोतले जनाएको हो।