कोरोना परीक्षणका लागी प्रधानमन्त्री ओलीको स्वाब संकलन,
वैशाख २४ ,काठमान्डौ – पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराए।
यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।