ग्रीन सिटी अस्पतालमा अक्सिजन अभाव नयाँ बिरामी भर्ना नलिने
वैशाख २९ ,काठमान्डौ – काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड -१९ का नयाँ बिरामी भर्ना नलिने घोषणा गरेको छ ।
अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।
ग्रीन सिटी अस्पतालमा हाल आईसीयूमा १० र हाई केयर युनिटमा ३० जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि व्यवस्थापनमा निकै कठिनाइ भइरहेको अस्पतालको जनाएको हो ।
अहिलेको विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढीका लागि नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुने सक्ने अस्पतालले बताएको छ । यस्तै अक्सिजन आपूर्तिको लागि अस्पताल सबै पक्षहरुलाई सहयोगको अनुरोध गरेको छ।