Gold
Bangad salyan

नेपालमा १५ महिनामा ५ हजार २१५ जनाको कोरोनाबाट निधन

जेठ ३ ,काठमान्डौ – नेपालमा हाल सम्म ५ हजार २१५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। गत २४ घन्टामा २१४ जना संक्रमितको मृ,त्यु भएपछि यो संख्या पुगेको हो।कोरोनाबाट विदेशमा ज्यान गुमाउनेको संख्या भने सरकारले तथ्याङ्क निकालेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

यस्तै आज थप ५ हजार ७६७ डिस्चार्ज भएका चाहन यो पछि कोरोना जित्नेको संख्या ३ लाख ४५,हजार ५२३ पुगेको हो। हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।