Gold
Bangad salyan

नेपालमा फैलियो भारतीय डबल म्यूटेन्ट कोरोना भेरियन्ट सावधान

,काठमान्डौ – पछिल्लो समय नेपालमा तिब्र रुपले फैलीएको कोरोनाको दोस्रो लहर भारतीय भेरियन्ट’को कोरोना भाइरस रहेको पुष्टि भएको छ।स्वाथ्य मन्त्रालयले सूचनामार्फत भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको दाबि गरेको छ।

स्वस्थ्य मन्त्रालयले गत साताबाट ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार अब नेपालमा तिन कोरोनाको तिनवटा भेरियन्ट फैलिरहेको पाईएको हो। विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।

सामान्यता भईरसहरुले स्वरुप फेरिरहनछन् जसलाई भेरियन्ट भन्ने गरिन्छ। अहिले देखा परेको नयाँ भेरियन्टले सबै उमेर समूहमा संक्रमण फेला परेको जारि विज्ञप्तिमा उल्लेख छ।