प्रधानमन्त्रीलाई आयोगले भन्यो आफै आचारसंहिता लागूगर्न नसकने भन्दै आलोचना गर्ने ,आफै उल्लघन गर्ने
काठमान्डौ – निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य निकालेर बादललाई भोट मागेकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ओलीले बुधबार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भन्दै विज्ञप्ति निकालेका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।
एकातर्फ निर्वाचन आयोगले कडाईका साथ् आचारसंहिता लागूगर्न नसकने भन्दै आलोचना अपनी गर्ने अर्को तर्फ आफै आचारसंहिता विपरितका गतिविधिमा संलग्न हुनु कुनैपनि दृस्टीकोणबाट स्वीकार्य नहुने पनि आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
तेस्तै आंचारसंहिता विपरित कार्य गर्ने ब्याक्ति संथालाई कानुन बमोजिम कारबाही गर्ने र तेस्ता व्यक्तिको अभिलेख राख्ने गरेको पनि आयोगले जनाएको हो।


