Gold
Bangad salyan

कान्तिपुरले निकालेको कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति

जेठ ९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरमा प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् ।

कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला।

लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न ओलीले भने। ‘राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत,सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई आफ्नो ‘खल्तीमा राखेको र राष्ट्रपतिले नेपाली जनता नेपाली संविधानको निर्वाह गर्नुपर्ने तटस्थ र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

आईतबार बिहानैदेखि प्रकासित भएका कार्टुनले ओली र भण्डारीको अहिलेको क्रियाकलापलाई उतारेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा मध्यरातमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छिन। गत पुष ५ गतेपनि प्रधानमन्त्रीले संसद विघटन गरेका थिए।