देउवालाई प्रधानमन्त्री बनाउन एमालेका ३० सांसदको हस्ताक्षर
जेठ १० ,काठमान्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
यो भन्दा अगाडीपनि नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए। हिजो २१ जना सांसदले मात्र हस्ताक्षर गरिएको भनिएपनि आज माधव नेपालका ३० जना सांसदले हस्ताक्षर गरेको माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले बताईन।
आज थप ९ जनाले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्ने सांसदहरुमा ,विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल,घनश्याम भुसाल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । आज थप हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।
विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन दाबि गर्दै आज सर्वोच्च अदालत जाँदै छन्।हिले ५ गठबन्धनका सांसद र शीर्ष नेताहरु सिंहदरबारमा रहेका छन् ।
विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल-नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन दाबि गरेको छ।

