उपत्यकामा एक साता निषेधाज्ञ थप्ने तयारी
जेठ १० ,काठमान्डौ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको महामारीलाई मधुनाजर गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्।
तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते राति सकिँदैछ ।
त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ। हाल सम्म तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।
अबको निषेधाज्ञा कडाइ गरिने भनिएपछि बन्द हुन सक्ने बताईएको छ। निषेधाज्ञा गरिएपनि हाल नेपालका विभिन्न जिल्लामा कोरोनाको दोस्रो लहर फैलीएको छ। उपत्यकाका तिन जिल्लमा दैनिक संक्रमित संगै मृत्युदरपनि बढ्ने गरेको पाईन्छ।

