Gold
Bangad salyan

नेपाल -खनाल पक्षका २३ सांसद संसद विघटनको विपक्षमा उभिए

जेठ १० ,काठमान्डौ – संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको नेपाल खनाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन पाँच दलका १४९ सांसदले हस्ताक्षर गरेका छन् ।

यी हुन् हस्ताक्षर गर्ने २३ सांसद

१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवि जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधवकुमार नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा