माधव र झलनाथसहितका ११ नेता एमालेबाट निष्काशित

जेठ १० ,काठमान्डौ – नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यस्तै बैठकले घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे,भवानी खापुङ, यज्ञराज सुनुवार, विराेध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, साेमप्रसाद पाण्डे, मेटमणि चाैधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ। उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ,