अन्तर्राष्ट्रियतर्फ ३ देशमा सातामा एकपटक उडान अनुमति
काठमान्डौ – उपत्यकामा २१ गतेदेखि खाद्यान्न पसल र पूर्वाधार निर्माण कार्य खुला गरिए पनि सार्वजनिक निजि कुनै पनि सवारीसाधन चल्न पाउने छैनन् ।
स्वास्थ्य मापदण्ड पालना गर्दै किराना पसल डिपार्टमेन्टल स्टोर खोल्ने बुधबार काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठक निर्णय गरेको छ ।
तेस्तै आजको बैठकले जेठ मसान्तसम्म सम्म निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार तत्कालै सवारीसाधनमा कुनै पनि निर्णय गर्न सकिँदैन ।
अहिले नागरिकलाई खाद्यान्न किन्न र लिन सजिलो होस भनेर बिहान ९ बजे सम्म पसल खोल्ने निर्नय गरेका छौ । उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ ।
निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् ।
निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो ।
यस्तै अहिलेनै सार्वजनिक निजि कुनैपनि सवारीसाधन खोल्न नमिल्ने भट्टराईले बताए ।
कोरोना संक्रमन हाल कायमै रहेको हुँदा सवारीसाधन खोल्दा झनै जटिल हुने भएकोले यो बिषयमा कुनै छलफल नहुने उनले बताए ।
निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए ।
संक्रमण बढ्ने डरले आन्तरिक हवाई उडान पनि बन्द गरिएको छ । अन्तर्राष्ट्रियतर्फ भने ३ देशका लागि हरेक साता उडानको अनुमति दिइएको छ ।