Gold
Bangad salyan

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक

काठमाडौ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिएक हुन । गत १३ गतेनै फुल कोर्टको बैठक तय गरिएको ढाकलले बताए ।

उन्का अनुसार जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

फुल कोर्ट्को बैठकमा सर्वोच्चले काममा गरेको संकुचनको बिषय तेस्तै संवैधानिक ईजलास गठन लगायतको बिषयमा छलफल हुने पनि बताएको छ ।

जसमा न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्न सक्छन भने प्रधानन्यायधीशले पनि उठाउन सक्नुहुन्छ । आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्ने ढकालले बताए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिर्वतन गरेर जाने सहमति जुटेको थियो ।