Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकाबाट वैदेशिक रोजगारमा काम गर्न पुगेका युवाहरुले नगरपालिकालाई पठाए आर्थिक सहयोग

जेठ् २० सुर्खेत – गुर्भाकोट नगरपालिकाका विभिन्न वडाबाट वैदेशिक रोजगारीको शिलशिलामा काम गर्न गएका युवाहरुले सामुहिक आर्थिक संकलन गरि नगरपालिकालाई सहयोग गरेका छन ।

नेपालमा कोरोनाको दोस्रो लहर चलिरहेको बेला स्थानीयबासीलाई उनीहरुले करिब २५ हजार बराबर आर्थिक सहयोग गरेका हुन ।

उक्त रकमबाट गुर्भाकोट नगरपालिका वडान ३ का स्थानीय समाजसेवि तुलाराम बिष्टले माक्स , सेनिटाईजर , सिटामोल लगायतका स्वास्थ्यसामग्री खरिदगरि वडान ३ का वडा अध्यक्ष ओम प्रकाश् बुढालाई हस्तान्तरण गरेका छन ।

स्वास्थ्यसामग्री हस्तान्तरण गर्दै अध्यक्ष बुढाले भोलिनै स्थानीयसंग छलफलगरि निस्पक्ष ढंगले वितरण गरिने बताए ।

मुलुकनै कोरोना महमारीको चपेटामा परेको बेला विदेशमा दु:ख कष्ट गर्दै कमाएको सानो आर्थिक सहयोगले नगरबासीलाई कोरोनाबाट बच्न थप हौसला प्रदान गर्ने उनिहरुको बुझाई छ ।

पछिल्लो समय गुर्भाकोट नगरपालिकाका विभिन्न वडामा कोरोना संक्रमितका बिरामीहरु फेला पर्ने गरेका छन।