संसद पुनःस्थापन हुने संकेत पछि ओलीको निर्लज्जपन चिसो पानीले नुहाउन सुरु
काठमान्डौ – सर्बोच्च अदालतले संसद पुनःस्थापन गर्न सक्ने संभावना देखिएपछि प्रधानमन्त्री ओलीले चिसो पानीले नुहाउन सुरु गरेका छन ।
बामगठबम्धनको एकता देखि नेकपा एमाले पार्टीनै तहस नहस देखि नेपालको संविधानमा धावा बोलेका केपि ओलीले आज एक विज्ञयप्ती सार्वजनिक गरेका हुन ।
उन्ले पार्टी कमिटी र जनसंगठनहरूलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू सहमत भएको तर नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाने हस्ताक्षरबाट पछि हट्ने बताएका छन ।
पहिलो पटक संसदभंग गरेको बेला सर्वोच्चले संसद पुनस्थापना गरेको थियो । यो पटकपनि गैरकानुनी ढंगले ओलीले संसद भंग गरेपछि सर्वोच्च अदालतमा ३० ओटा रिट दायर गरिएको छ भने रिटबाटै बहुमत सांसदको हस्ताक्षरले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको माग गरिएको छ ।
सर्वोच्च अदालतले संसद पुनःस्थापन गर्ने संकेत गरेपछि जिर्लज्ज बनेका ओलीले आज नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताएका छन ।
तर ओलीका गतिविधिले एमाले नेता माधव नेपाल समूहले अर्कै पार्टी खोल्ने तयारि गरिसकेको छ । विगत दुई बर्षबाट ओलीले एकलौटी पार्ट्रीमा हाबीमुहाली गरेका थिए ।

