मन्त्री सोनलले सुट्केस र झोला बोकेर मन्त्री क्वाटर छोडेपछि चौतर्फी चर्चा
जेठ् २४ , जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् ।
आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो।
मन्त्री सोनल आजै क्वाटरबाट निस्कीएका हुन उन्ले निस्कदा एउटा सुटकेश र एउटा झोला लिएर निस्केका छन् । उनी बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका हुन ।
सोनलले आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका थिए ।
सोनलले विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा पनि गरे का थिए ।
आफूलाई पार्टीले अन्य जिम्मेवारी नदिएसम्म प्रदेशमै रहेर जन्ता तथा पार्टीको हितमा काम गर्ने प्रतीबद्दता समेत उनले गरेका छन।
मन्त्री क्वाटर छोडदा सोनलले बोकेको सुट्केस र झोलाले अहिले समाजिक संजालभरी चर्चा भैइरहेको छ ।

