गोरखाको सल्लेरी गाउँमा बूढीगण्डकी पस्दा चार घर बगाएको छ ,
असार २ गोरखा – गोरखाको सल्लेरी गाउँमा बूढीगण्डकी पस्दा चार घर बगाएको छ । केहि दिन यता परेको निरन्तर बर्षाले बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका-३ को सल्लेरी गाउँ बगाएको हो ।
सो छेत्रमा २७ घर परिवारको बसोबास छ। सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाइसकेको छ भने अन्य घरहरुपनि जोखिममा छन्।
अहिले पनि निरन्तर पानि परिरहेको छ ,ओत लाग्ने ठाँउ कतै छैन स्थानीयहरू भागभाग गरेर रातभरीबाटै बारीको डिलमा अब्सेका छन् भने कुनै खान पिउन समेत पाएक छैनन्।
अहिले जगत चौकीबाट गएको प्रहरी टोलीले बाटोमुनिको सबै घर खालि गरेर त्यहाँ नजान उर्दी गरेको छ। घर नजिकै बाढी पसिसकेकाले कसैले पनि घरबाट केहि पनि निकाल्न पाएक छैनन् ,पशु चौपायामा के कति क्षति भयो भन्ने अझै एकिन हुन सकेको छैन।
बाढीले सबै खेत बारी बगाएको छ। बाढीले चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको पुल बगाएको छ यो पुलबाट सात वडाका मानिहरु आवतजावत गर्छन।

