थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि: २४ जनाको निधन

असार २० ,काठमान्डौ – गत पछिल्लो समयमा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

त्यस्तै पछिल्लो समयमा थप २ हजार ५१८ जना निको भएका छन् भने २४ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ ।

जसमा ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,रहेका छन्। ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा हाल उपचार भईरहेको छ।