Gold
Bangad salyan

ओलीले गरे मन्त्री हेरफेर : विष्णुपौडेललाई उपप्रधानसहित गृहको जिम्मा

असार१० ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी ओलीले बिहिबार मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य चार मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

यो संगै विष्णु पौडेलले उपप्रधानसहित अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई;गृहमन्त्रीको जिम्मा पाएका छन्। कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसँगै कृषि तथा पशुपन्छी विकास; खानेपानी; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

त्यसैगरी लीलानाथ श्रेष्ठलाई काकानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधान विपरित प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएको छ। हाल ओलीको सरकारमा चार जना मात्र मन्त्री छन्।