बादल पति पत्नी दुवैको मन्त्री पद चैट
काठमान्डौ – नेकपा एमाले प्रवेश गरेका पूर्वगृहमन्त्री राम बहादुर थापा बादलको मन्त्री पद गएपछि उनकी श्रीमती नैनकाल थापाको पनि मन्त्री पद गएको छ। प्रधानमन्त्री ओलीले बादल पत्नी नैनकला थापालाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिएका थिए।
गत जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।
काम चलाउ र मार्ग प्रसस्त गरिसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएका थिए। रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारमा नियुक्त गरेका २० मन्त्रि पद मुक्त गरिदिएको छ।
न्त्रिपरिषदबाट पदमुक्त हुनेहरुमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशा कुमारी विक रहेका छन् ।
संविधानको धारा ७७ (३) को उपधारा १ मा प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने व्यवस्था उल्लेख भएको सर्वोच्चले गत ८ गते मन्त्रिपरिषद बदर गर्दीएपछि बादल पत्नी नैनकला थापाको मन्त्री पद गुमेको हो।
यस्तै माओवादी केन्द्रले कारबाही गरेपछि गैरसांसदको रुपमा रहेका राम बहादुर थापा बादललाई ओली पुन: गृहमन्त्रीमा नियुक्त गरेका थिए। बादल सहित ६ जना मन्त्रीलाई पनि सर्वोच्च अदालतले पद मुक्त गरेको थियो।
केपी ओली सरकार नेतृत्वमा अहिले जम्मा पाँच जना मन्त्री छन् ,ओली ले हिजो मात्र मन्त्रिपरिषद हेरफेर गर्दै एक जनालाई ५ वटा सम्म मन्त्रीको जिम्मा दिएका छन्।