हैटीका राष्ट्रपतिको ह,त्या आरोपमा चार जनालाई गोलि हानियो

काठमान्डौ – हैटीका राष्ट्रपति जोभनेल मोइसीको ह,त्या आरोपमा चार जना व्यक्तिको गोली हानेर हत्या गरिएको छ ।

बीबीसीका अनसार राष्ट्रपति मोइसीको ह,त्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको छ ।

हिजो बुधवार हैटीका राष्ट्रपतिको आफ्नै निवासमा गोली हानी हत्या भएको थियो ।

उनकी श्रीमती गम्भीर घाइते छिन् । ह,त्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको जनाइएको छ ।

राष्ट्रपतिको ह,त्यापछि हैटीमा सङ्कटकालको घोषणा गरिएको छ । एजेन्सी