गाई काटेर मासु वितरण गरिरहेको बेला तीन जना पक्राउ
असार २५,- आखिर मानिस किन यसरी नर्भक्षक भएको छ त मासु खानाको लागि गाई किन विभिन्न जिल्लामा काटिएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका,१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए ।
गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो ।
केहि महिना अगाडिपनि प्रहरीले भोजपुरमा गाई काटेर मासु बितरन गरिरहेको बेला केही ब्याक्तीलाई पक्राउ गरेको थियो ।