प्रधानमन्त्री ओली बाढी पिडित क्षेत्र मेलम्ची र हेलम्बुको अवलोकन गर्दै
सिन्धुपाल्चोक -प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गरेका छन् ।
बाढी र पहिरोबाट मेलम्ची र हेलम्बुमा ३७६ घर परिवार विस्तापित भएका छन्। बाढी पिडित क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने स्थानीय जनप्रतिनिधिलाई बताए।
ओलीले विस्तापित परिवारलाई १५ बन्डल जस्तापाता र रु ५० हजारका दरले वितरण घोषणा गर्ने र उक्त जस्तापाताले तत्काल अस्थायी बसोवासमा निर्मामा जुट्न पनि आग्रह गरे। अब यहि क्षेत्रमा फेरी बास्त बसाल्ने कोसिस नगरौ ,विनास नआउँदा समेत मात्र हो बाढी आयोभाने फेरी भएको यहि पनि बगाएर लान्छ ।
सुरक्षित बास्थान खोजौ उनले भने। अहिले बगरको रूपमा परिणत भएको ठाउँलाई आउँदा दिनमा बागबानी, बगैँचा, खेती, मत्स्यपालन आदि क्षेत्रमा विकास गर्न सकिने पनि ओलीले धारणा राखे । प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।

