कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

असार २७ ,काठमाडौं- ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको हो ।यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए ।

खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता भने पाएन ।अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

 

lekbesi