Gold
Bangad salyan

थप १८३१ जनामा कोरोना संक्रमण १५३३ निको

असार २७ काठमान्डौ – गत २४ घन्टामा थप १८३१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत २४ घन्टामा १,५३३ जना निको भएका छन् ।

यो संगै हाल सम्म निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ। यो पछि हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९,३८२ पुगेको छ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।