Gold
Bangad salyan

स्थायी कमिटि रोक्न ओलीले गरे अस्विकार नेपाल समूहका नेता बाहिरिए

साउन १ काठमान्डौ – केपी ओलीले एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले आग्रह गर्दा ओलीले अस्विकार गरेका छन्।

आज १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ। बैठक जारी रहेकै बेला नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए ।

बैठकमा पुगेर नेता रावलले बैठक रोक्न आग्रह गरेका थिए। तर केपी ओलीले बैठक नारोक्कीने र निरन्तर चल्ने बताएपछि नेपाल पक्षका नेताहरु बाहिरिएका हुन्। दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले आग्रह गरेपनि ओलीले एकढंगले बैठक चलाएका छन्। यो संगै एमाले एकता झनै किचलो बन्ने देखिन्छ।