माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा गरे : केपी ओली
काठमान्डौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावललाई राजिनामा फिर्ता लिन आग्रह गरेका हुन्।हतारमा राजिनामा नगरेको भए हुन्थ्यो ,सल्हा गर्नु पर्थ्यो सकिन्छ भने अझै राजिनामा फिर्ता लिनुहोस् ओलीले भने।
हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिएका थिए। त्यसअघिनै भिम रावलले सासंद पदबाट राजिनामा दिएका थिए। उनलाई केहि नेताहरुले राजिनामा नगर्न बताएपनि उनले मानेका थिएनन।
मलाई प्लिज नरोक्नुहोस मलाई पत्रकारहरुसंग कुरा गर्न दिनुहोस भन्दै उनले राजिनामाको घोषणा गरेका थिए। यस्तै माधव कुमार नेपालसंग पार्टी एकता गर्न पुगेको बेला नेपालले रावललाइ हप्काएर पठाएपछि उनले राजिनामा गरेको पनि अध्यक्ष ओलीले बताए।
देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर नेपालले हप्काएर पठाएको ओलीको भनाइ थियो । आफूले १० बुँदे सहमति स्वीकार गरेपनि नेपालले १० बुँदे सहमति अस्विकार गरेको ओलीले बताए।