थप २,८३८ कोरोना संक्रमित फेला ३० जनाको निधन
साउन ६ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा नेपालमा थप २,८३८ कोरोना संक्रमित फेला परेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी उक्त संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १,४७५ जना डिस्चार्ज भएका छन् भने ३० जनाको निधन भएको छ।
यस्तै हाल होमआईसोलेसनमा २४३४० संस्थागत आईसोलेसनमा २४९२ गरि २६८३२ जना सक्रिय संक्रमितको उपचार भईरहेको छ। हाल देशभरका संस्थागत क्वारिनटिनमा ३०१ जना रहेका चाहन।
त्यसैगरि आज उपत्यकामा काठमान्डौमा ४९० ,भक्तपुरमा ७९ र ललितपुरमा १८२ कोरोनाका बिरामी फेला परेका छन्। पछिल्लो समय देशका विभिन्न जिल्लामा कोरोन का बिरामी बहदै गरेको मन्त्रालयले जनाएको छ।