Gold
Bangad salyan

थप ३७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २५ को मृ,त्यु

साउन ,२२ काठमाडौं- गत २४ घन्टामा थप ३७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ९,४९३ जनाको पीसीआर र ६,१८२ जनाको एन्टिजेन गरी १५ ,६७५ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घन्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन्। शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएपछि कोरोनाबाट मृ,त्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

यस्तै नेपालमा हाल ३४ हजार ९ सय ४२ जना सक्रिय कोरोनाका सङ्क्रमित छन् । आजको मिति सम्म कूल ७ लाख ७७ हजार ५ सय ८९ संक्रमित मध्ये ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएका छन्।