Gold
Bangad salyan

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि ५५ जनाको मृ,त्यु

काठमाडौं- गत २४ घन्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यस्तै आज थप २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन् भने ५५ जनाको निधन भएको छ। यो संगै देशभरबाट हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृ,त्यु पुष्टि भएको छ।  हाल सम्म देश भर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।