Gold
Bangad salyan

थप ३,४८१ जनामा कोरोना संक्रमण ३० को मृ,त्यु

काठमाडौं- गत पछिललो २४ घन्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै कोरोनाको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । गत २४ घन्टामा १ ,८८५ जना निको भएका छन् यो संगै ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घन्टामा ३० जनाको मृ ,त्यु भएपछि कोरोनाबाट निधन् हुनेको संख्या १० हजार १८० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ ।