Gold
Bangad salyan

बैंकको झन्डै ३ करोड हिनामिना गरेर फरार व्याक्ति पोर्चुगलबाट प,क्राउ आज काठमाडौँ ल्याईयो

काठमाडौँ- बैंकिङ कसुरमा अभियुक्त ठहर भएका केदार ढुंगानालाई पोर्चुगल प्रहरीले प,क्राउ गरेपछि आज काठमाडौँमा ल्याईएको छ।प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले काभ्रे भुम्लु गाउँपालिका,१ का ४३ वर्षीय ढुंगानालाई शनिबार काठमाडौं ल्याएको हो।

तत्कालिन देव विकास बैंकको २ करोड ७१ लाख ७६ हजार रूपैयाँ कर्जा हिनामिना प्रकरणमा उनीसहित १२ प्रतिवादी थिए। कीर्ते कागजात बनाएर सवारी कर्जा हिनामिना गरेको ढुंगानामाथि कसुर छ।

हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् ।

नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो।

त्यसपछि उनि फरार रहेका थिए। २०७७ साल पुस २० गते फैसला पछि ढुंगाना भागेर युएई पुगेका थिए। उनीसहित अन्य व्याक्तिललाई भने प्रहरीले प्पक्राउ गरिसकेको छ।

२०७५ साल पुस ४ गते प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। उनि नेपालमा नरहेको जानकारीपछि २०७५ पुस १७ गते इन्टरपोलबाट डिस्युजन नोटिस जारी गरिएको थियो।

आज काठमाडौँ ल्याईएका ढुंगानालाई भोलि अदालत खुलेपछि पेश गरिने ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले बताए।