Gold
Bangad salyan

होटेलमा खाजा खाईरहेको भिडियो युट्यूबमा राख्ने तीन युट्यूबर प,क्राउ

झापा – बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूबमा राख्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले प,क्राउ गरेको छ।

शुक्रबार प,क्राउ परेका तीन जनासहित ६ जना विरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी परेको थियो।

अहिले प,क्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पुल सञ्चालक सुवास कार्की रहेका छन।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार तीन जनालाई प,क्राउ गरि अनुसन्धान अगाडि बढाईएको छ भने अन्यको खोजी भैइरहेको छ ।

पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए।

गत मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युट्युबरले युट्युबमा राखेका थिए। त्यसपछि उक्त भिडियो अन्य सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो।

आफू हरुले आफ्ना आफन्तसंग खाजा खाईरहेको भिडियो खिचेर उनिहरुले युट्युबमा राखेको भन्दै उनिहरुले आपत्ती जनाउदै प्रहरीमा उजुरी दिएका हुन ।