Gold
Bangad salyan

अस्पतालबाट नेता खनालले भने म नेकपा एमाले एकीकृत समाजवादी पार्टीमा छु

काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा रहेको स्पष्ट पारेका छन।

हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए । एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएको थियो । तर खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् ।

खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो ।

खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।

माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।